काठमाडौं, पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु गर्दैछन्। नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ। व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ। श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ्आठ वस्तु पत्पित्नी वा छोरा्छोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ। चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन्। सोमवार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ। श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन्।