चितवान,२० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता गर्न कुनै समस्या नरहेको बताउनु भएको छ । अध्यक्ष दाहालले कतिपयले हल्ला चलाएजस्तो एमालेसँगको पार्टी एकतामा समस्या नरहेको दाबी गर्नु भयो ।
उहाँले पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो । बिहिबार चितवनको भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता छिट्टै गर्ने सहमति समेत भईसकेको पनि बताउनु भयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचन छोटो समयमै सम्पन्न गर्ने सहमति सरकारसँग गरिएको जानकारी पनि दिनु भयो ।