काठमाडौं, राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको निर्वाचन मंसिर २४ गते गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शक्रबार नै यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए। राष्ट्रपतिसँगको परामर्शपछि मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको मिति तोकेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
सरकारले प्रदेश प्रमुख र त्यसको अस्थायी राजधानी भने अर्को बैठकमा तोक्ने तयारी गरेको छ। अब बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय लिने पनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगको म्याद थपका विषयमा पनि छलफल गरिएको थियो।