मनास्लु पोष्ट काठमाडौ । भिमु गुरुङ लामो समयदेखि मौलिक लोक संगीतमा निरन्तरता दिदै आइरहेकी छिन । वालिङ नगरपलिका ७ केवरे भञ्ज्याङ, वनकट्टा स्याङजामा बुबा मोहन गुरुङ र आमा दालमाया गुरुङको कोखबाट जन्मिकी भिमु गुरुङ बिधार्थी जिवनदेखि नै स्याङजामा आयोजना हुने बिभिन्न कार्यक्रम लगाएत प्रतियोगितामा भाग लिन्थे भने प्रतियोगितामा भाग लिएर प्रथम, दितिय पुरस्कार हात पारेरै छाड्दथे । २०६४ देखि देश तथा विदेशको स्टेज कार्यक्रममा सहभागी भई व्यावसायिक रुपमा सांगीतिक क्षेत्रमा प्रबेष गरेकी भिमु ललित कला क्याम्पसमा संगीत बिषय लिएर अध्यानलाई अगाडी बढाईन भने उनले गान्र्धव संगीत बिधालयमा ३ बर्ष भन्दा बढि संगीत कक्षा पनि लिइन ।
२०७० सालमा टिपौकि फुल टयाप्पै लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपममा स्टुडियोमा स्वर रेर्कड यात्रालाई अगाडि बढाएकी भिमु गुरुङको भेट भो रोधी घरमा, सालैजो, अमिलो रसैले,तीजको गीत, लाहुरेको छोरीले जस्ता चर्चित मौलिक लोक दोहोरी गीतहरु लगाएत करिब सात दर्जन भन्दा बढि गीतहरु बजारमा आएका छन ।
देश तथा विदेशमा हुने बिभिन्न कार्यक्रममा बेष्ट रहेकि भिमु गुरुङको स्वरमा सजिएको पत्रकार,निर्देशक, शव्द लय संकलक प्रकास बराईली अभिव्यक्तीको गीत मार्फत दर्शक श्रोत्रा माझ छिटै आउदै छिन । ।