भाइरल ज्वरोले नौ जनाको मृत्यु, स्वास्थ्य संस्था भन्दा धामी,झाक्रीको भरमा विरामी

  मनास्लु पोष्ट  811 पटक हेरिएको


जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ९ जनाको मृत्यु भईसक्दा सम्म प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्यकर्मी पुग्न सकेको छैन्न । स्वास्थ्य संस्था वडकुलेमा भाईरल र रुघाखोकीका विरामीको उपचार गर्दा गदैँ औषधी नै सकिएको वड्कुलेका प्रमूख हरीवहादुर सिंहले वताउनुभयो ।
जिल्लावाट पठाएको औषधी र स्वास्थ्यकर्मी अहिले सम्म पुगको छैन्न सिंहले भन्नुभयो । औषधीको अभावका कारण रोग प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीय प्रेम न्यौपानेले वताउनुभयो । स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको प्रमूख सिंहले वताउनुभयो । औषधी र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउनु पर्यो भन्दै स्थानीयले वड्कुले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई केही वेर घेरेको डाक्टर पवन शाक्यले वताउनुभयो ।

स्वास्थ्य चौकी वड्कुलेवाट रोग प्रभावित क्षेत्र मजकोटमा पुग्न करिव ५ घण्टा लाग्ने भएका कारण त्यहाँ पुग्न नसकिएको हो । अहिले स्वास्थ्य संस्था आफु मात्र भएको र आज मात्र १ सय ४५ जना विरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले वताउनुभयो । सदरमुकाम भन्दा २३ कोष टाढा पर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख रामवहादुर नेपालीले ५ जनाको भाईरलका कारण मृत्यू भएको पुष्टि गर्नुभयो । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामवाट औषधी झिकाएको वताउनुभयो ।
रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ बर्षका सतरुप शाहीे , ६२ वर्षीय आईती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा , स्थानीय रामवहादुर शाहीका ५ दिनका छोरा , शान्तवहादुर शाहीका २ महिनाका छोरा , मानवहादुर विकका ५ महिनाका छोरा , कालो दमाईका ७ महिनाका छोरा, विर्ख नाथकी ५ वर्षकी छोरी कविता नाथ, र एक नाम नखुलेका वालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो । ज्वरो र रुघाखोकीले ८ सय बढी गाँउले विरामी परेका छन् । दैनिक स्वाथ्यचौकीमा दैनिक २ सय भन्दा वढी भाइरलका विरामी आउने गरेको बताउनुभयो ।
संस्था भन्दा धामी,झाक्रीको भरमा विरामी
वर्षीनी जाजरकोटका विकट गाउँमा मौसमी रुघाखोकी र ज्वरोका कारण यहि समयमा यहाँका स्थानीयहरु विरामी हुँने गर्दछन् । अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयहरु विरामी हुँने गरेका छन् । दैनिक खानेकुरा , कपडा लगाएका विषयमा ध्यान नदिदा स्थानीयहरु विरामी हुँने गरेका छन् । वालवालिकाहरु चिसो मौषममा रात्ती परेको तुसारो वरफ भनेर खाँदा वढी विरामी हुँने गरेको स्वास्थ्यकर्मीको भनाई छ । वृद्धहरु चिसो खप्न नसक्दा मृत्यू हुँने गरेको छ । अधिकांश गाउँलेहरु विरामी हुँन बित्तिकै उपचारका लागि स्वास्थ्य संस्था भन्दा धामी, झाक्री कहाँ जाँदा अकालमै मृत्यू हुँने गरेको छ ।
कहाँ कहाँ वढी विरामी छन् त र
जुनीचाँदे गाँउपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नम्बर २ का मजकोट, आलीमौगाना र ३ का डाडाकोट र परालेमा भाइरल प्रकोपको रुपमा देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सबैभन्दा बढी वडा नम्बर २ मजकोटमा विरामी देखा परेका छन् । एउटै घरमा ३, ४ जना विरामी परेको स्थानीय काशीराम न्यौपाने वताउनुभयो । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका विरामी बढेका छन्। विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ । त्यस्तै वारेकोट गाउँपालिकाको वडा ५ मा पनि भाईज्वरोका कारण विद्यार्थीहरु विद्यालय आउँन नसकेको सरसस्वती माविका प्रअ मनवहादुर सिंहले वताउनुभयो । विद्यार्थी विद्यालयमा नआउँदा परिक्षा समेत प्रभावित भएको छ । वारेकोट गाउँपालिकाको जिरी र नायकवाडामा वढी विरामी भएको सिलिगी का स्वास्थ्यकर्मी डम्मर कार्कीले वताउनुभयो ।
भाइरलको प्रकोप फैलिएको सुचना पाएको एक दिन पछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु प्रभावित क्षेत्रमा गएका छन् । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ’, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भन्नुभयो , ‘एच १ एन १ हो कि भनेर टेष्ट किड पठाएका छौँ । यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।’
सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा। पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामवहादुर नेपालीले बताउनुभयो ।
स्वास्थ्य संस्था जनताको पहुँच भन्दा टाढा
भाईरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोट भन्दा टाढा रहेका कारण उपचारमा समस्य भएको छ । विरामीलाई स्वास्थ्य संस्था ल्याउन ए स्वास्थ्यकर्मीहरु गाउँ सम्म पुग्न निकै टाढा भएका कारण समस्य भएको छ । सदरमुकामवाट टाढा भएका कारण तोकिएको समयमा औषधी समेत लिन समय लाग्ने गर्दछ । रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाई जनताको अकालमा ज्यान जाँन वाट जोगाउन पुर्व गृहमन्त्री तथा सांसद शक्तिवहादुर वस्नेतले आग्रह गनुभएको छ । सत्य,तथ्य कुरा छिटो पत्ता लगाई उचित कदम चाल्न नेपाल सरकार संग माग समेत वस्नेतले गर्नुभयो । यत्ता प्रमूख जिल्ला अधिकारी पुष्पराज शाहीले अवस्था नियन्त्रण आई सकेको वताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार