काठमाडौं , संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र । पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतकोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर लोक गायिका बबिता गुरुङ भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छन् । हिजोको तुलनामा आज निकै सफल बन्दै गइरहेकि छिन ।
भिरकोट नगरपालिका ३ स्याङजामा जन्मिएकी बबिता गुरुङ २०६२ देखि निरन्तर मौलीक लोक संगीतमा निरन्तरता दिइरहेकी छिन । देशका बिभिन्न ठाउँको कार्यक्रममा सहभागिता जनाइसकेकी बबिता गुरुङको स्वरमा सजिएको घुम्टेको लेक,सानु ,सालैजो,पानी तालैमा कौडा,फुल्छ हिलैमा,नौमती बजाउदै,मखमली फुलफुल्यो सुनाखरी,बसन्तऋतु काठेगीत,कसम खाउ,बनपाखा डुल्नलाई मौलीक दोहोरी गीतहरु बजारमा चर्चाको शिखरमा रहेको छ भने उनले हाल सम्म उनले करिब दुइ दर्जन गीतहरु रेर्कड गराई सकेकी छिन ।
पछिल्लो समयमा निकै चर्चामा रहेको राजु परियार र बबिता गुरुङको स्वरमा रहेका मौलीक गीत जानेभए जान देउ माया गीत बास्तबमा एक पटक हेर्नै पर्ने गीत बनेको छ । यो गीत जव हेरिन्छ तव मौलीकता आफ्नो सस्ंकृतिप्रति गर्ब लाग्छ । उनि मनास्लु पोष्टले आयोजना गरेको एक विधा एक स्टार मनास्लु राष्ट्रिय अवार्ड २०७४ मा सर्वोकृष्ट प्रतिभावान गायिकाको सम्मान हात पार्न सफल भएकि छिन ।