रुपन्देही,२२ पुस । रुपन्देहीका युवा व्यवसायी तथा नेकपा एमालेका कार्यक्रता बसन्त पौडेलको गोली हानी हत्या भएपछि त्यसको विरोधमा गरेको रुपन्देही बन्द भोली बिहान सात बजेसम्मका लागि आंशिक फिर्ता भएको छ ।
पौडेल हत्याको बिरोधमा युवा संघ रुपन्देहीले हिजोदेखी अनिश्चितकालिन रुपन्देही बन्द आव्हान गरेको थियो । आज बेलुका साढे सात बजेबाट भोली बिहान सात बजेसम्मका लागि बन्द फिर्ता लिएको युवा संघ रुपन्देहीले जनाएको छ ।दिनभरको रुपन्देही बन्दले त्यहाको जनजिवन प्रभावित बनेको थियो ।