बसन्त पौडेल हत्याको विरोधमा युवा संघले गरेको रुपन्देही बन्द स्थगित

  मनास्लु पोष्ट  561 पटक हेरिएको


रुपन्देही, आफ्ना कार्यकर्ता हत्याको विरोधमा युवा संघले गरेको रुपन्देही बन्द स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलबीच भएको वार्ताबाट सहमति जुटेपछि बन्दको कार्यक्रम स्थगित भएको युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए ।

हत्यामा संलग्नलाई छिट्टै पक्राउ गर्ने, दुर्गा तिवारी र वसन्त पौडेललाई सहिद घोषणाका लागि प्रस्ताव गर्ने, राहत र सुरक्षाको व्यवस्था गर्नेलगायतका सहमति भएको शाहीले बताए ।

बन्द खुलेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । यही पुस २१ गते रुपन्देहीको देवदहमा युवा संघका कार्यकर्ता बसन्त पौडेलको अज्ञात समूहले हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार