मौलिक लोक संगीतमा सक्रिय लोकप्रिय गायिका तुलसा घर्ती मगर

  मन बहादुर पुन  1099 पटक हेरिएको


मन बहादुर पुन

मन्ध्र मुग्ध स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी एक दशक भन्दा बढि नेपाली लोक दोहोरी क्षेत्रमा लागीपरेकी सुरिलो स्वरका धनि अनि वास्तविक लोक पहिचानलाई झल्काउने लोकप्रिय गायिका तुलसा घर्ती मगर आजभोली निकै बेष्ट हुदै आइरहेकी छिन ।


रोल्पा नगरपालिका १ मा बुबा मन बहादुर पुन आमा सुनमला पुनको कोखबाट जन्मिएकी सुमधुर स्वरकी धनि तुलसा घर्ती मगर मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ ।


सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएपनि २०६६ मा नन्द घर्ती मगरको शब्द, लयमा रापती चिसो भो सालैजो गीत रेकडिङ्ग गरि औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेसँगै एकपछि अर्को गाउने अबसर पाउदा निकै उत्साह बढेको बताउने तुलसा घर्ती मगरले स्काइब नेट भाइबरले, हिउचुलीमा हिउ, म दुखिलाई भुल निष्ठुरी, सम्झी मन रुन्छ, सिस्नेको डाँफे सालैजो, नम्बरी सुन, लाहुरे रोल्पाली, जता माया यो मन छ त्यतै, यो जीवन कै भर छैन, म नेपाली ठिटो ,तीजको लगाएत चार दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरु आफ्नो स्वरमा रेकर्डिङ गरि सकेकी छिन भने छिटै फाटेको मन सिउन मन लाछ र झ्याउरे गीत बजारमा ल्याउने तयारीमा रहेकी छिन ।
देशको बिभिन्न ठाँउको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी तुलसा घर्ती मगर लाखौ दर्शक श्रोताको मन जित्न सफल हुनुको साथै कैयौ संघ संस्थाबाट सम्मानित भएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार