प्रदेश प्रमुख र राजधानीको विषयमा (आज) बस्ने भनिएको बैठक स्थगित

  मनास्लु पोष्ट  550 पटक हेरिएको

पुस २४, २०७४ काठमाडौंः प्रदेश प्रमुख नियुक्तीमा सहमति नजुटेपछि सोमबार (आज) बस्ने भनेको मन्त्रीपरिषद् बैठक नबस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमति जुटाउन भन्दै सोमबारको लागि बस्ने भनिएको बैठक स्थगित हुने भएको हो।

प्रदेश प्रमुख यसै हप्ता तोकिन्छ, सहमति जुटाउनको लागि आज (सोमबार) को बैठक रोकियो कानुन मन्त्री यज्ञबहादुर थापाले भने। प्रदेशको अस्थायी राजधानी नतोक्ने निष्कर्षमा पुगेको सरकारले यस अघि सोमबार मन्त्रीपरिषद् बैठक बसेर प्रदेश प्रमूखको नियुक्ती गर्ने जनाएको थियो । तर सरकारले प्रदेश प्रमुख तोकेर प्रदेश राजधानी नतोक्ने बताए पछि एमाले यसमा बिरोध असहमति जनाएको थियो।

यस अघि एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र राजधानी तोक्न सरकारलाई सहमति दिएका थिए। प्रदेश राजधानीको विषयलाई लिएर देशका विभिन्न स्थानमा आन्दोलन भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार