अदालतको अवहेलना मुद्दामा चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

  मनास्लु पोष्ट  556 पटक हेरिएको


काठमाडौं, सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले सोमबार डा। केसीलाई पक्राउ गरीु अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश जारी गरेको हो । आमरण अनसन बस्ने क्रममा डा। केसीले आइतबार अदालतप्रति आक्षेप लगाएका थिए । त्यसविरुद्ध अदालतको अवहेलनाको मुद्दा सोमबार दर्ता भएको थियो ।

डा केसीले विज्ञप्तिमार्फत ’केही महिनादेखि सिलसिलेवर रूपमा भ्रष्ट र अपराधीहरूको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छु भनेका थिए। उनले अदालतले भ्रष्टहरूलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौँ अर्ब रुपैयाँ राजश्व घाटा बनाएर कंगाल बनाउनमा भूमिका खेलिरहेको आरोप लगाएका थिए ।

यसले सीमित भ्रष्ट र अपराधीहरू मात्रै धनी हुँदै गइरहेको तथा न्यायालयलगायत राज्यका सबै अंगहरू तिनको कब्जामा गइरहेको आरोप पनि उनले अदालत उपर लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार