अनसनस्थलबाट प्रा. डा. गोविन्द केसी पक्राउ

  मनास्लु पोष्ट  971 पटक हेरिएको


प्रहरीले प्रा. डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित अनसनस्थलबाट पक्राउ परेका छन् । उनलार्इ प्रहरी परिषद टेकु लगेको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसनमा बस्दै थिए ।अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा। केसीको पत्रकार सम्मेलनमा गरेर डा। केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

डा केसीको अभिव्यक्ति अएलगत्तै न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलाशले डा  केसीलाई पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा। केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार