पुस २५, २०७४ काठमाडौं, अदालतको अवहेलनामा पक्राउ गरिएका चिकित्सक डा. गोविन्द केसीको बयान सकिएको छ। सोमबार साँझ पक्राउ गरिएका डा. केसीलाई २४ गते नै अदालतको अवहेलना गरेको भन्दै पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो।
मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले डा. केसीको बयान लिएको थियो। न्यायाधीशद्वयको मंगलबारको निर्देशनमा भनिएको छ डा. गोविन्द केसीको बयान सकिई बहसलगायतको कार्य बाँकी रहेको हुँदा निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुनेगरी सुविधाजनक रूपमा राखी भोलि मिति ०७४ पौष २६ गते बिहान १०ः ०० अदालतमा उपस्थित गराइदिनुहुन भनी सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी गराई कानुनबमोजिम गरी पेस गर्नुहोला। बयान सकिएपछि डा. केसीलाई वीर अस्पताल लगिएको छ। उनलाई सुविधासम्पन्न विशेष कक्षमा राखिएको बताइएको छ। डा. केसीलाई बुधबार पुन अदालतमा उपस्थित गराइनेछ।