मनास्लु पोष्ट काठमाडौ । ज्यामरुङ १ सल्ले धादिङमा बुबा दिप बहादुर बोहरा र आमा पुर्ण कुमारी बोहराको कोखबाट जन्मिएकी मीना बोहरा बिगत ५ बर्षदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । उनि अहिले लोकदोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् ।
सम्झनामा रुन्छु घरि घरि,बोलको गीतबाट गायनमा प्रवेश गरेकी मीना बोहराले एकाएक चर्चा बटुल्न सफल भइन् । मीना बोहराले छिटै स्टेजलाई केन्द्रित गर्दै फरक स्वादमा मौलिकता झल्कने गरी बजारमा ल्याउने तयारीमा छिन् । दोहोरी गाउने कायक्रम भएकाले उनको स्वरको प्रशंसा त्यहाँ पनि हुन थाल्यो । पहिला पहिला मेलापात, पूजाआजामा गीत गाउँदा पनि गाउँलेले उनको प्रशंसा धेरै नै गर्थे । साथीभाइहरु मैले गीत नगाएसम्म कहिँ पनि नजाने भएका थिए मीना बोहराले पुराना दिन सम्झिँदै भनिन् – गाउँमै धेरै प्रशंसक भएको कारणले गायिकाको पहिचान बनाउन सफल भएँ ।’
पौष १ गते राष्ट्रिय नाच घर जमलमा सम्पन्न भएको एक विधा एक स्टार मनास्लु राष्ट्रिय अवार्ड २०७४मा सबोकृष्ट गायिकाको अवार्डडबाट सम्मानित सुमधुर स्वरकी धनि मीना बोहराको सम्झनामा रुन्छु घरि घरि,मेरो मन चोरने चोरै हो,हिरोनी बनेर,जाम भन्छन पोखरा मौलिक लोक दोहोरी गीतहरु चर्चामा छन भने पिरतीको फुल फल्न देउ गीत बजारमा ल्याउने तर्खरमा रहेकी छिन । उनले गाएका प्राय गीतहरुको म्युजिक भिडियो निर्माण भईसकेका छन यिनै गीत मध्य हिरोनी बनेर गीत सार्वाधिक चर्चामा रहेको छ ।
अबका दिन पनि गीतसंगीतमा नै निरन्तर लाग्ने सोच बोकेकी मीना बोहरा ले स्रोताहरुकै मायाको कारण स्थापित भएको बताइन् ।