काठमाडौं, जनसरोकारका विषयहरू र खासगरी चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धी नीतिगत मुद्दा र विकृतिविरुद्ध अनसनमार्फत सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको गिरफ्तारीको नयाँ शक्ति पार्टी नेपालले विरोध गर्दै डा. केसीको रिहाइको माग गरेको छ। पार्टी प्रवक्ता प्रशान्त सिंहले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील विषयलाई व्यापारीकरण गरिनु र नागरिकको संविधानप्रदत्त अधिकारबारे राज्य बेखर रहँदै आफ्नो दायित्वबाट पन्छिन खोज्दा नै मुलुकमा थप अन्योलता र अराजकता बढेको उल्लेख छ।
पछिल्लो समय डा केसीको अभिव्यक्ति र अनसनको मुद्दाको आशय अदालतको गरिमा बढाउँदै लोकतन्त्रमा प्राण भर्ने नियतका साथ हो भन्ने नयाँ शक्ति पार्टीको ठम्याइ रहेको भन्दै शब्दभन्दा सन्देशमा ध्यान दिएर समाधान खोज्ने विधि नै सर्वोत्तम विधि भएको विज्ञप्तिमा बताइएको छ।
सरकारले डा केसीको सन्देशभन्दा शब्दहरूलाई पछ्याउँदै रातारात पक्राउ गरेको घटनाको विरोध गर्दै हामी डा। केसीको अविलम्ब रिहाइको माग गर्दछौँ विज्ञप्तिमा भनिएको छ, र उहाँले उठाउनुभएको मुद्दाको गहनतालाई बुझ्दै न्यायोचित समाधानमा सम्बन्धित सबै पक्ष दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न हामी आग्रह गर्दछौँ।