प्रदेश प्रमूखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी तोक्ने मन्त्रीपरिषद् बैठकको निर्णय

  मनास्लु पोष्ट  498 पटक हेरिएको

काठमाडौं, सरकारले कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने भएको छ। कर्मचारी समायोजन ऐनमा रहेको व्यवस्थाअनुसार समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने सरकारको तयारी छ। शुक्रबार ८ ३० बजेको बस्ने मन्त्रीपरिषद् बैठकले स्वेच्छिक अवकाशको घोषणा गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। कर्मचारी समायोजन ऐनमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि सरकारले प्याकेज घोषणा गरी आव्हान गर्नुपर्ने व्यवस्था छ।

समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अबकाशमा जाने अवसर दिने समायोजन ऐन ऐनको व्यवस्थाअनुसार सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी समेत गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रदेश प्रमूखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय भने शुक्रबार मन्त्रीपरिषद् बैठकले नगर्ने भएको छ । स्वकिय सचिव भानु देउवाका अनुसार आउँदो सोमबार बस्ने बैठकले मात्रै प्रदेश प्रमूखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी तोक्नेछ। यस अघि शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी प्रदेश राजधानी तोक्ने प्रधानमन्‍त्रीको सचिवालयले जनाएको थियो। तर, प्रधानमन्त्रीको परामर्श जारी रहेको कारणा सोमबारलाई सारिएको स्‍वकीय सचिव भानु देउवाले बताउनु भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार