मन बहादुर पुन
नेपालीहरुलाई सुख दुखःमा सहज र सरल ढंङ्गले अन्त्यन्तै आर्कषण शैलीमा व्यक्त गर्ने माध्यम हो मोडलिङ । हरेक नेपालीको जीवन शैली रहन सहन आदी सवै पक्षलाई बोलेको हुन्छ अभिनयमा । यस्तै नेपाली मोडलिङ्ग आकाशमा फरक पहिचान बोकि रङ्गमञ्चको दुनियामा आफुलाई परिचित गराउन सफल लोक प्रिय मोडल एवं लोक गायिका पवित्रा घर्ति मगर यतिबेला म्युजिक भिडियोहरुमा चर्चित बनेर उदाएकी छिन ।
जाङ गा. बि.स २ रुकुममा जन्मिएकी पवित्रा घर्ति मगर बिधार्थी जीवनबाटै आफ्नो कलाकारिता सुरु गरेकी थिइन । नृत्य र अभिनयमा निकै दखल भएकी पवित्रा घर्ति मगर लामो समयदेखि नृत्य तथा अभिनय गर्दै आएकी छिन ।
दर्सकहरुको मन मुटुमा बस्न सफल मोडल पवित्रा घर्ति मगर आज भन्दा ५ बर्ष अगाडि मेरो सानु लोक दोहोरी गीतमा मोडलिङ गरेर औपचारिक रुपमा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन । उनले आज सम्म चुरा पोटे, कुचोको झटारो, शंकाको आगो, सालैजो, वैंस गैसक्यो ढल्केर, नाच्दै गाउदै, कौडा लगायत ३ दर्जन भन्दा बढि गीतहरुमा मोडलिङ गरिसकेकी छिन ।
देशका विभिन्न ठाउको कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी पवित्रा घर्ति मगर जीवनभर कलाकारितालाई अंगाल्ने अठोट बोकेकी छिन भने छिट्टै आफनै स्वरमा मौलिक लोक दोहोरी गीत बजारमा ल्याउने तयारीमा रहेकी छिन ।