ओली र प्रचन्डको भेटवार्ताः पार्टी एकता संयोजन समितिको बैठकमा ठोस निर्णय लिइने

  मनास्लु पोष्ट  669 पटक हेरिएको


काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटवार्तामा आइतबार हुने पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल भएको थियो ।

शनिबार ओली र दाहालबीचको छलफलको आधारमा आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा एजेन्डा प्रस्तुत हुने प्रचण्डलाई उदृत गर्दै ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। उनले भने,‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा ठोस कुरा भएको बताउनुभएको छ । अधिकारीले आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा पार्टी एकताका धेरै कुराहरु टुंगिने प्रचण्डले बताएको जानकारी दिए। उनले भने,‘वान टु वान वार्ता थियो । वार्ता सकिएपछि प्रचण्डले भोलीको बैठकमा पार्टी एकताका धेरै कुराहरु टुंगिने बताउनुभयो ।

वार्तामा कार्यदलले राष्ट्रियसभा निर्वाचनमा गरेको सिट बाँडफाँट, प्रदेशसभा गठन पार्टी एकतालगायतका विषयमा छलफल भएको थियो । यी विषयलाई आइतबार बस्ने एकता संयोजन समिति बैठकमा विस्तृत छलफल हुने बताइएको छ । अध्यक्षद्वय आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर बैठकमा सहभागि भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार