प्रमुख तीन निर्णय गर्दै एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकियो

  मनास्लु पोष्ट  591 पटक हेरिएको


काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली निवासबा बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यादलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गरेको हो ।

सँगै बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने समेत सहमति गरेको छ ।

त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार