अमेरिकामा एक नेपालीको गोली हानी हत्या

  मनास्लु पोष्ट  611 पटक हेरिएको

अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ।

अमेरिकाको टेक्सस राज्य गारल्यान्ड सहरस्थित उक्जोन पेट्रोल पम्पसँगै पसल सञ्चालन गर्ने मनीष पाण्डेलाई लुटेरा समूहले गोली हात्या गरेको हो। मनिषको श्रीमती पाँच महिनाकी गर्भवती छिन्।

टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्स को एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरुसँग भिडन्त भएको थियो।

एक्जोन सर्व सुलभ पसलमा उक्त घटना भए लगत्तै एक पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए। उक्त पसलमा जडान गरिएको सिसिटिभी भिडियो फुटेजपछि प्रहरीले घटनामा संलग्न दुई जना रहेको देखिएको छ। अमेरिकन अफ्रिकन लुटेराले पसलका क्लर्क ३५ बर्षिय मनिष पाण्डेलाई गोली प्रहार गरी हत्या गरेको भिडियोमा देखिएको छ।

संदिग्ध दुवै लुटेराहरुको हुलिया मध्ये एक को ६ फिट तथा दोश्रो ५ फिट ९ इन्च उचाई रहेको र दुवैले टाउको सम्म छोप्ने ज्यालेट(अंगिका)लगाएका थिए। लुटेरा तथा हत्याराहरुको सूचना दिने लाई ५ हजार डलर पुरस्कार दिने प्रहरीले घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार