राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा आयोगद्धारा दलहरुलाई जानकारी

  मनास्लु पोष्ट  572 पटक हेरिएको

काठमाडौं ९ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई जानकारी गराएको छ । निर्वाचन आयोगले आज आयोगकै केन्द्रिय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणनाका विषयमा विस्तृत जानकारी गराएको हो ।

त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सहयोग गर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नु भयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरे कडा कार्वाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिता उलंघन गर्ने उम्मेदवार, सम्बन्धित दललाई कडा कार्वाही हुने पनि चेतावनी दिनु भएको हो ।

एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नु भयो ।५९ सदस्यीय राष्ट्रियसभाका लागि हुने निर्वाचनमा २ हजार ५६ जना मतदाता रहेका छन । उनीहरुलाई स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनाउन निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा २१ वटा राजनीतिक दलहरुले भाग लिएका छन । भोलि राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूचि तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार