पाँच नम्बर प्रदेशबाट कोमल वलीसहित ३ जना राष्ट्रियसभामा निर्विरोध निर्वाचित

  मनास्लु पोष्ट  667 पटक हेरिएको


दाङ, पाँच नम्बर प्रदेशबाट तीनजना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुनेमा नेकपा एमालेबाट कोमल वली र मीना बुढा रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसकी अनिता देवकोटा पनि निर्विरोध निर्वाचित भएकी छन् ।

प्रतिस्पर्धाका लागि उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भने उनीहरुलाई माघ १५ गते मात्रै निर्वाचित घोषणा गरिने बताए ।

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनमा चार वटा राजनीतिक दलबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा खुलाबाट ४, महिलामा ३, दलीतमा २ र अपाङ्गरअल्पसंख्यकमा २ जनाले उम्मेदवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार