गुणस्तरीय शिक्षा प्रदान गर्न प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुल लमही दाङले झिकायो अमेरिकाबाट प्रशिक्षक

  मन बहादुर पुन  954 पटक हेरिएको


नेपाली शिक्षकको समन्वयमा प्रिन्स स्कुलमा अमेरिकाका ज्याक समयानुकूल शिक्षा प्रदान गर्दै आइरहेको दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा बुधबारदेखि एक अमेरिकन शिक्षकद्वारा विद्यार्थीहरूलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ । खेल, सङ्गीत, उद्घोषण कला तथा गुणस्तरीय शिक्षामा आफ्नो स्थान अब्बल बनाउदै आइरहेको यस स्कुलले वर्तमान समयमा अङ्ग्रेजी शिक्षा प्रतिको मोह पूरा गर्ने हेतुले अमेरिकाका एक व्यक्तिलाई प्रशिक्षकको भूमिकामा विद्यालयमा स्थान दिएको हो । विद्यालयले बदलिदो समय सँगै समय सापेक्ष शिक्षाका लागि दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कन्जुस्याइँ नगरेको आज एउटा सानो उदाहरणले पुष्टि गरेको छ । विद्यालयका निम्नमाध्यमिक तहका इन्चार्ज एवम् माध्यमिक तहमा अध्यापनरत नेपाली शिक्षक हुकुमानन्द पाण्डेको समन्वयमा अमेरिकाका ज्याक इडिमिलर दाङको लमहीमा भित्रिएका हुन् ।

नेपाली शिक्षक भएर पनि नेपाली बुझ्दै नबुझ्ने अमेरिकाका ज्याकलाई कसरी स्कुल सम्म ल्याउन सफल हुनुभयो भन्ने प्रश्नमा पाण्डेय भन्नुहुन्छ “म नेपाली विषयमा स्नातकोत्तर भएर मैले नेपाली मात्र जान्नु पर्छ अन्य कुरा हेर्नु हुँदैन, जान्नु हुदैन भन्ने मान्यताको मान्छे होइन । मैले जब २०६२ सालमा एस.एल.सी उत्तीर्ण गरे त्यसपछि कम्पयुटर डिप्लोमा गरे । उहा भन्नु हुन्छ साथै मैले धेरै समय सम्प्युटर पढाउने, बनाउने, डेक्स्टपको काम गर्ने, डिजाइनिङ गर्ने एवम् विभिन्न सरकारी कार्यालयमा पनि कम्प्युटरमा काम गर्ने गरे । यतिमात्र होइन मैले रेडियोमा रेडियो कार्यक्रम सञ्चालक, टेक्निसियन, समाचार सम्पादक एवम् कार्यक्रम संयोजकको रूपमा समेत काम गरिसकेको छु । त्यसैगरी मैले करिव २ वर्ष युएसआइडीको साथ साथ प्रोजेक्टमा सुचना तथा सञ्चार प्रविधि सहायकको भूमिका समेत निर्वाह गरेको छु । यस्तै नेपाली साहित्यमा अनुराग भएका कारण मैले नेपाली आधुनिक गीत पनि बजारमा ल्याइसकेको छु । जतिबेला मैले नेपाली विषय पढिरहेको थिए । जब मैले मास्टर डिग्री पढेर सकाय त्यसपछि नेपाली विषमा भएको विशेषज्ञताको सही उपयोगका लागि लमहीको प्रिन्स स्कुलमा शिक्षकको भूमिका निर्वाह गर्दैछु । मलाई लाग्छ वर्तमान समयको जुनसुकै विषयको शिक्षकमा चौतर्फी ज्ञान भएन भने वर्तमान समय उसका लागि जटिल बन्दै जान्छ । आफू जहा छु जे छु जस्तो छु राम्रो हुन्छु भन्ने हेतुले आजसम्म लागेको छु । यही क्रममा देउखुरी उपत्यकामै पहिलो पटक मैले रेडियो नयाँयुगबाट रेडियो कार्यक्रम प्रिन्सका मुनाहरूको सुरूवात गरेको छु जुन कार्यक्रम दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गर्ने गर्दछन् । यस्तै अन्य नायाँ कार्य गर्ने मनसायले मैले व्यक्तिगत रूपमै निरन्तरको मेहनतबाट ज्याकलाई स्कुल सम्म आउने वातावरण सिर्जना गर्न सफल भएको हु ।”

विद्यालयमा अमेरिकाका ज्याक आएपछि विद्यालयका सम्पूर्ण शिक्षक विद्यार्थी अत्यन्त उत्साहित भएको र समय समयमा निरन्तर यस्ता गतिविधि सञ्चालन गरिरहने प्रिन्स इङ्ग्लिस मोडेल स्कुलका प्रिन्सिपल द्रोण पोख्रेलले जानकारी दिनुभएको छ । अङ्ग्रजी शिक्षाप्रतिको मोहका कारण बोर्डिङ स्कुलनै छान्नुहुने अभिभावकमा समय समयमा प्रिन्स स्कुलले गर्ने यस्ता गतिविधबाट विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र स्कुलका अभिभावक लाभान्वित हुने विद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार