बलात्कार काण्डमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी पनि तानिए

  मनास्लु पोष्ट  748 पटक हेरिएको

काठमाडौं–राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाएको केसमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तानिएका छन् । घटना हुँदा आफू बिदामा बसेको बताउँदै आएका डिएसपी तिलक भारतीलाई पनि छानबिनका लागि महानगरीय प्रहरी परिसर काठमाडौ तानिएको छ ।

उनीमाथि पनि अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनको ठाउँमा दरबारमार्ग बृत्तमा कसलाई पठाउने भन्नेचाहिँ टुंगो लागेको छैन ।
माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि केटासाथी सहिततीन जना युवाले बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् ।

तर, प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले गुपचुप बलात्कार जस्तो गम्भीर अपराधको घटना गुपचुप मिलाएको बताइँदै आएको थियो । तर, डिएसपीको पनि भूमिका शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तानिएको प्रहरी स्रोतको भनाइ छ ।

यही विषयमा यसअघिनै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरिसकेको छ ।

छानबिन समितिले दरबारमार्ग वृत्तका मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान गरिरहेको छ ।

यसैबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि घटनबारे चासो जनाउँदै एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छुट्टै छानबिन समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार