चेपाङलाई चुनाव भन्दा खानाकै चिन्ता

चितवनको बिगत गाँउका चेपाङलाई अहिले खानाकै चिन्ता बढेको छ

  कल्पना थापा मगर  1032 पटक हेरिएको

मनास्लु पोष्ट चितवन
चितवनको बिगत गाँउका चेपाङलाई अहिले खानाकै चिन्ता बढेको छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला भएता पानी राम्ररी नपरेकोले गर्दा उनिहरुले मकै लगाउन पाएका छैनन । उब्जिएको मकै,कोडो सबै अन्नपात सकिएपछि अहिले अर्काको मेलापात गरेर आफ्नोे जिविका चलाउदै आइरहेका छन । साविक सिद्धि गा.वि.सकी तारा कुमारीचेपाङ भन्छिन साहुबाट दुई चारपाथी अन्न सापती लिएर गुजरा चलाई रहेका छौ ।
चितवनका सहबजारमा चुनावी सरगर्मी बढिरहेको बेला चेपाङ बस्तीहरुमा भने खानाकै चिन्ता बढिरहेको छ ।स्थानियबासी लरिमाया चेपाङका ६ सन्तानमध्य चारछोरी छिन । उनको घरमा ५,६ डोको मकै छ ।मकै उब्जन समय लाग्छ बारीको पाटो सबै सुख्खा छ ।चुनाब आउन लागेको कसैलाई थाहा छैन । कसैले भन्या पनि छैन चुनाव कहिले हो ?लरिमायाले भनिन् । ३९ बर्षका सुर्यचन्द्र चेपाङलाईपनि स्थानिय निकाएको निर्वाचन बारे पत्तो छैन । बजारमा चुनाबी अभियान चलेपनि स्थानिय निकाएको चुनावको बारेमा अभियानको लागी गाँउमा नेता कार्यकर्ता पुगेका छैनन् ।

हामीलाइ त वास्तै छैन मिस थाहै छैन अब त्यहि हो ल चुनाव छरे भोट हाल्न जानेरे भोट हाल्नु पर्यो भनेपछि जाने हो सुर्यचन्द्र चेपाङले भने । त्यो भन्दा नि मिस अनिकालले हिड्नै सकिदैन नि निमेक गरेर खानु पर्छ उनले दुखेसो पोखे । चुनाव हुनु पर्छ भन्नेमा भने उनले दुई मत गर्दैनन् । एैलानी जग्गा छ मकै र कोडो फल्छ तीनसाले खोरियामा अन्न फलाउछौ ४,५ डोको भएको मकै सकिए पछि निमेक गरेर खाने बताउछन । अब पानी पर्यो भने मकै रोपिन्छ ,यस्तै छ हाम्रो त मिस सुर्यचन्द्र भन्छन । कविलास,शक्तिखोर,लोथरमा बढि चेपाङको बसोबास रहेको छ । त्यँहाका केहि परिवार पछिल्लो समयमा आय आर्जनमा लागे पनि अधिकांशको अवस्था दहनिय रहेको छ । शिक्षा ,स्वास्थ्य,सम्बन्धी चेतना छैन । । बालबालिका बिधालय जादैनन । खाना नहुदा गिट्ठा भ्याकुर खाजेर खान्छन ।तिनसाले खोरिया फाँडेर जीविकोपार्जन गर्ने चेपाङहरु कतिपय ६ महिना अनिकाल र ६ महिना सहकालमा दैनिकी चलाउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार