प्रदेश–२ मा फोरमका मोहम्मद लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का

  Manaslu Post  674 पटक हेरिएको

मधेश केन्द्रित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त बहुमत रहेको प्रदेश–२ मा फोरमका मोहम्मद लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

आइतबार जनकपुरमा बसेको संघीय समाजवादी फोरम प्रदेश सभा दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै राउत प्रदेश–२ को मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

फोरम प्रदेश–२ को प्रदेश सभामा सबैभन्दा ठूलो दल हो। यो प्रदेशमा अर्को मधेशवादी दल राजपासँगै मिलेर प्रदेश सरकार बनाउने पक्कापक्की जस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार