पर्यटन प्रवर्धन गर्दै नेपाल मगर पर्यटन समाज

  मन बहादुर पुन  855 पटक हेरिएको

नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवर्दनका लागि विभिन्न खाले तालिम सञ्चालन गरेको छ । मगर पर्यटन समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल मार्केट्रिङ तालिम सम्पन्न गरेको छ ।

तालिमका सहभागीहरुलाई मगर पर्यटन समाजले शनिवार वनभोज कार्यक्रमको अवसरमा प्रमाणपत्र प्रदान गरेको छ ।
साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापामगरले बताउनुभयो ।
वनभोज कार्यक्रममा मगर समुदायबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पर्यटन समाजले बधाई दिइएको थियो । पर्यटन प्रवर्धनका निम्ति नेपाल मगर पर्यटन समाजले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि महासचिव थापामगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार