दक्षिण कोरियामा मानव तस्करी गरेको आरोपमा नेपाली चलचित्र क्षेत्रका चर्चित द्धन्द निर्देशक राजेन्द्र खड्गी बिहीबार पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्युरोले खड्गीलाई हिरासतमा लिएको हो ।
कोरियामा वृत्तचित्र बनाउने अनुमति लिएर खड्गी सहित १५ जना गएका थिए। खड्गीसँग गएका एकजनामात्र फर्किएको सूचनापछि ब्युरोले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानमा लमजुङ र बाग्लुङसहित देशभरबाट सम्पर्कमा आएका युवासँग जनही १२ देखि १५ लाख रूपैयासम्म लिएर खड्गीले योजनावद्ध रूपमा मानव तस्करी गरेको देखिएको हो ।
ठमेलबाट पक्राउ परेका खड्गी बिरूद् काठमाडौं जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद लिएर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।