फागुन दोस्रो सातासम्म वाम सरकारः अनन्त

  मदन कुमार घर्ती मगर  640 पटक हेरिएको


अग्नी पीडितका लागी भवन पुनः निर्माण तथा राहत वितरण कार्यक्रममा सुवर्णावती १ घोडागाउ रोल्पा पुगेका नेकपा माओवादी केन्द्र प्रदेश पाँचका इन्चार्ज अनन्तले फागुन दोस्रो सातासम्म मुलुकलाई स्थायित्व दिने गरी वाम सरकार निर्माण हुने बताए ।

वाम एकता भाँड्न केही शक्ति विभिन्न आश्वासन दिँदै लागेको दावी गर्दै अनन्तले अब केन्द्र सरकारको जिम्मेवारी बाँडफाँट र एकता मात्र बाँकी रहेको बताए । उनले सबैकुरा मिलिसकेको र घोषणा गर्न बाँकी भएकाले यसमा कसैले शंका नगर्न आग्रह समेत गरे । अनन्तले वाम एकता भाड्नका लागि माओवादी र एमालेभित्रका अवसरवादीहरुको सक्रियता बढेको बताए । पार्टी एकताका लागि दुई दलीय कार्यदल तथा बाहिरसमेत आफू सक्रिय भएको यथार्थ बुझ्दाबुझ्दै एकता विरोधी भनि बदनाम गराउने प्रयास गर्नुुले अवसरवादीहरु नै एकता भाड्न सक्रिय भएको पुष्टी हुने उनले बताए ।

अनन्तले भने ‘केही दिनअघि अध्यक्ष प्रचण्डले समेत यस कुराको खुलासा गरिसक्नुभएको छ, जुनशक्ति एकता भाड्न माओवादीको पछि लागेको थियो, अहिले त्यही शक्ति एमालेको पछि लागेको छ, मलाई विश्वास छ एमालेका साथीहरु पनि एकता प्रक्रियाबाट टाढा जानुहुने छैन ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार