नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दै

  मनास्लु पोष्ट  959 पटक हेरिएको

काठमाडौं, २६ माघ – नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाउनुभएको हो ।

बैठक बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको छ । बैठकमा सरकार हस्तान्तरण, प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको तेस्रो दिनमै केन्द्रीय समिति बैठक बोलाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार