सलाङघाटमा जीप दुर्घटना, मन्त्रालयका सचिव यादव सहित ३ जना बेपत्ता

  मनास्लु पोष्ट  574 पटक हेरिएको

काठमाडौं, २७ माघ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० जीप आज बिहान पौने ३ बजेतिर त्रिशुलीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएकामा सचिव यादव, यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् ।

घाइते अवस्थामा रहेका चालक निराजन यादवलाइ उपचारका लागि काठमाण्डौं ल्याइएको छ । वेपत्ताको खोजीकार्य भइरहेको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार