रुसमा विमान दुर्घटना ७१ जनाको मृत्यु

  Manaslu Post  542 पटक हेरिएको

माघ २९, २०७४

रुसमा विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ। मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।

उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान केही बेरमै दुर्घटना भएको हो। पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न लागेको बताएका थिए। कजाकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन्। रुसमा एक वर्षभित्र दुई ठूला जहाज दुर्घटना भएका छन्।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार