प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त

  मनास्लु पोष्ट  801 पटक हेरिएको

काठमाडौं, प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए ।

‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ। प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार नियुक्त गरिपाउँ,’ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाले प्रदेश प्रमुखलाई पठाएको पत्रमा भनिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले २ फागुन बुधबारका दिन २ बजे शपथ गराउने कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार