शैलपुत्रीका एसइई तयारी बिद्यार्थीलाई भूपू बिद्यार्थीद्धारा अभिमुखिकरण तालिम

म्युजिक भिडियो हेर्नको लागी आजै MANASLU TV मा subscribers गर्नुहोला ।

  कल्पना थापा  740 पटक हेरिएको

 देउराली, गोरखा । सुलिकोट गाउँपालिका वार्ड नं ७, पाँचखुवा देउराली स्थित श्री शैलपुत्री माध्यमिक बिद्यायबाट एसइई परिक्षामा सामेल हुने तयारीमा रहेका बिद्यार्थीहरूलाई आज अभिमुखिकरण तालिम दिएको छ ।

बिद्यालयको पूर्व बिद्यार्थीहरुको समाज श्री शैलपुत्री भूतपूर्व विद्यार्थी समाजले बिद्यालयको सभाहलमा अभिमुखिकरण गराएको हो । तालिममा एइई परिक्षा दिदा ध्यान दिनुपर्ने कार्यहरू, तयारी र सरलीकरणबारे प्रशिक्षण दिएको थियो । नेपाल सरकारको अधिकृत राजु अधिकारी मुख्य स्रोत ब्यक्तिको रुपमा उपस्थित भई दिएको प्रशिक्षणले बिद्यार्थीहरूको क्षमता स्तर बढ्नमा टेवा पुर्याउन सफल भएको समाजका अध्यक्ष नरबहादुर गुरुङले बताउनु भयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब गुरुङ एवं सदस्यहरू श्याम वाग्ले र सीता कुवर, अभिभावक संघको अध्यक्ष हिमलाल गुरुङ, प्रधानध्यापक यदुनाथ ढकाल लगायत सबै बिषयगत शिक्षकहरुको उपस्थितिमा भएको कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थीहरूसमेतलाई सहभागी गराई लोक सेवा आयोग र प्राविधिक शिक्षाको बारेमा अभिमुखिकरण गराएका थिए ।

प्रत्येक बर्ष गरिदै आएको यश कार्यक्रमले बिद्यार्थीहरूको भविष्यको बारेमा दिशावोध हुने आशा राखिएको अध्यक्ष गुरुङले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार