सिन्धुलीमा बलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते

  मनास्लु पोष्ट  831 पटक हेरिएको


सिन्धुली, बीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फी डाँडामा शुक्रबार साँझ जिप दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै गोलन्जोर गाउँपालिका ५ नाकाजोलीतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा सिन्धुलीको गोलनजोर गाउँपालिका ५ विजयछापका लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाउँपालिका ५ चिसापानीका युवराज लुङ्गेली, प्रकाश थापा र रोशन कार्कीको मृत्यु भएको हो । देवकोटा पूर्वगाविस सचिव हुन् । उनी एक महिना अघिमात्र जागीरबाट रिटाएर भएका थिए ।

मृतक चारै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

‘गम्भीर घाइतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ भने अन्य दुई जनालाई पनि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने । अन्य ११ जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार