दक्षिणी मेक्सिकोको वहाका राज्यमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । क्षतीको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए ।
टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ । उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको देखिन्थ्यो ।
भूकम्प पछि केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए ।
पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए ।
त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए । बीबीसी