प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

  मनास्लु पोष्ट  1603 पटक हेरिएको


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सम्बोधन गरेरगरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको एमाले नेता विष्णु रिमालले बताएका छन् । उनका अनुसार ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले माओवादीलाई सरकारमा सहभागी गराएर मात्र राष्ट्रका नाम सम्बोधन गर्ने तयारी गरेकाले मिति टुंगो लाग्न नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार