काठमाडौं । एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अन्तिम चरण पुगेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासमा पार्टी नेताहरुका बीच एकताको प्रक्रियामा देखिएको समस्या समाधान भएको ब्रीफिङ गरेका छन् ।
अध्यक्ष दाहालले सोमबार नै एकताले नयाँ गति लिने बताए । माओवादी नेता मणि थापाले दाहालको ब्रीफिङुलाई उधृत गर्दै भने, ‘अस्ति जुन कुरा मिलेको थिएन, त्यो मिल्यो,अब एकताले नयाँ गति लिन्छ ।
पार्टी ब्रीफिङुपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बीच बालुवाटारमा ओली –दाहाल बीच ‘वान टु वानु वार्ता भएको छ । नेता थापाले पार्टी ब्रीफिङु पछि दाहाल र ओली बीच ‘वान टु वानु वार्ता भएको बताए।उनले दुई नेता बीच एकता संयोजक समितिको बैठकबाट एकतालाई अन्तिम स्वरुप दिने विषय छलफल भएको बताए ।
माओवादी नेता थापाले आज साँझ ७ बजे एकता संयोजक समितिको बैठक बसेर एकतालाई अन्तिम रुप दिने जानकारी दिए । उनले नमिलेको सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुङ्याइने बताए। उनले भने, ‘आज साँझ ७ बजे बैठक बसेर सबै कुरा टुग्याइने छ, सैद्धान्तिक विषय महाधिवेशनमा टुङ्गो लाग्नेछ ।
एमालेको जनताको बहुदलीय जनवाद जबज र माओवादीको २१ औ शताब्दिको जनवादका विषयमा महाधिवेशनबाट एमालेको जनताको बहुदलीय जनवाद जबज र माओवादीको २१ औं शताब्दीको जनवादका विषयमा महाधिवेशनबाट छिनोफानो गर्ने दुई अध्यक्ष बीच सहमति भएको छ ।
एकीकृत पार्टीको दुई अध्यक्षले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जुटेको छ।बेलुका ७ बजे हुने सहमति पछि माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनेछ ।