प्रधानमन्त्री ओलीले सिफारिस गरेका तीन राष्ट्रिय सभा सदस्यको शपथ रोक्न सर्वोच्च अदालतको आदेश

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  744 पटक हेरिएको

मनास्लु पोष्ट ।
काठमाडौ ,सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सिफरिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीन सदस्यको शपथ रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ओली सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका डा। युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईको शपथ रोक्न आइतबार आदेश दिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको शपथ फागुन २० गते हुँदै छ  ।

राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने प्रयोजनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ २६ गते झापा विर्तामोडका गोपालकुमार बस्नेत, स्याङ्जा भिरकोटका कृष्णप्रसाद पौडेल र काठमाडौं मालीगाउँकी चाँदनी जोशीलाई राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता गर्ने निर्णय गर्दै अर्का व्यक्ति सिफारिस गरेपछि बस्नेत, पौडेल र जोशी रिट लिएर सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चले राष्ट्रिय सभामा सिफारिस सम्बन्धी पछिल्लो निर्णय कार्यान्वयन नगर्न राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा अन्तरिम आदेश दिएको हो ।

अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते वरिष्ठ अधिवक्ता विडारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष खतिवडा र पौड्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार