कविता आले मगरको एकल साँझ हुने

कार्यकममा उनका लोकप्रिय गितहरु उठि खर काटौ बसि खर काटौ,झ्याम्मै चौतारी,

  मन बहादुर पुन  1632 पटक हेरिएको

मनास्लु पोष्ट
नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिति र सांस्कृतिक संस्थान नाचघरको सयुक्त आयोजनामा यहि चैत्र १४ गते १२ बजे घोडे जात्राको दिन राष्ट्यि नाच घर जमलमा नेपाली लोक संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागिरहेकी लाखौै लोक पारखिहरुको मन जित्न सफल लोकप्रिय चर्चित लोक गायिका कविता आले मगरको एकल सांगीतिक साँझ हुने भएको छ ।
कार्यकममा उनका लोकप्रिय गितहरु उठि खर काटौ बसि खर काटौ,झ्याम्मै चौतारी,माथिमा माथि त्यो कालि, पिपल छायाँ यो मेरो देश,लगायतका थुप्रै नयाँ पुराना चर्चित गीतहरुको प्रस्तुती हुने आयोजक समितिले बताएको छ । लोक संगीतको निरन्तरता सँगै विभिन्न नेपाली कथानक ,मगर चलचित्रमा ,अभिनय गरेकि छिन भने रेडियो नेपालमा मगर भाषाको पहिलो समचार बाचिको रुपमा समेत काम गरिसकेकी लोकप्रिय चर्चित लोक गायिका कबिता आले मगरले बिरेन्द्र ऐश्वर्य सेवा पदक ,भुपालमानसिंह युवा पुरस्कार,मास्तर मित्रसेन यशोसियसन हङकङ लगायत थुप्रै पुरस्कारहरुबाट सम्मानित हुनुको साथै देश तथा विदेशका विभिन्न ठाँउमा आफ्नो प्रस्तुती दिइसकेकि छिन ।


गायिका आलेले लोक संगीतमा पु¥याएको योगदानप्रति सम्मान र प्रतिभाशाली कलाकारलाई आफ्ना शुभेच्छुक,श्रोत्रा,दर्शकको माँझमा प्रत्यक्षरुपमा प्रस्तुत गरि आत्मिय सूमधुरता कायम गर्ने उद्देश्यका साथ एकल साँझको आयोजना गर्न लागिएको नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष कविराज मगरले बताएका छन ।
नेपाली मौलिक लोक संगीतको संरक्षण संवद्धन गर्न,कविता आले मगरको गीतहरुलाई संकलन र पुन उत्पादन गर्न र पुरानोलाई सम्मान नयाँ लाई प्रेरणा भन्ने नाराको साथ हुन लागिरहेको एकल साँझमा अन्य चर्चित कलाकारहरुको पनि प्रस्तुति रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार