रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीको आदेश

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  924 पटक हेरिएको

कैलाली टीकापुर घटनाका मुख्य अभियुक्त एवं कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ।

कैलाली जिल्ला अदालतमा सोमबार बिहान आत्मसमर्पण गरेका चौधरीको आजै बयान लिइएको थियो। बहस नसकिएपछि चौधरीलाई थुनामा राख्ने पैसला भएको हो।

टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका थिए । सोमबार बिहान अदालतमा उपस्थित भएका चौधरीको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलाशमा बयान लिइएको थियो ।

अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरेका थिए ।

कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षााकर्मी र १ नाबालक मारिएका थिए । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ । चौधरीको अर्को पेशी फागुन १६ गतेका लागि समय तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार