नेपाल मगर संघको ३६औ स्थापना दिवस तथा २६औ राष्ट्रिय सम्मेलनको उद्घाटन समाहरोह टुडिखेल काठमाडौमा गृहमन्त्री राम बहादुर थापा मगरको प्रमुख आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । गृहमन्त्री राम बहादुर थापा मगरले देशमा मौलाएको भ्रष्टाचारलाई जरैदेखि उखलेर नफाले सम्म मुलुकको विकास हुन नसक्ने बताए ।
मुलुकमा शान्ति र सुशासन कायम नगरे सम्म मुलुक समृद्ध हुन नसक्ने र भ्रष्टाचार, घुसखोरी नाताबाद, कृपाबाद अब मुलुकमा चल्नवाला छैन गृहमन्त्री थापाले भने ।
विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने थापाले बताए । गृहमन्त्री थापाले मुलुक निमार्णका लागि मगर समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेकोे उल्लेख गरे भने मगर समुदायको अधिकार , विकास र सर्मद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिए ।
कार्यक्रमा बोल्दै नेपाल मगर संघका सल्लाहकार संस्कृविद बम कुमारी बुढा मगरले भनिन खस आर्य पछिको ठुलो समुदायको रुपमा रहेको आदिबासी जनजातिलाई राज्यले बेवास्ता गरेको छ । १० बर्षे जनयुद्धको शुरुवाट मगरबस्तीबाट भएकोले मगर समुदायलाई बर्तमान सरकारले बेवास्ता नगरोस ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले १९ लाख भन्दा बढि जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गरे भने पहिचानको रक्षा र मगरात पाप्ती नभएसम्म संघर्षको मैदान नछोडने वताए । नेपाल मगर संघको ३६औ स्थापना दिवस तथा २६औ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा मगर समुदायबाट विभिन्न ओहादामा पुगेका व्याक्तिलाई सम्मान गरिएको थियो भने मगर समुदायको घाटु, कौडा, सालैजो, हुर्रा भुमे नाचहरु प्रस्तुत गरिएको थियो ।