पर्वत, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले सम्मकै उत्कृष्ट सरकार बनाउने उद्घोष गर्नूभएको छ । नेपालमा करिब ६० बर्ष पछि बन्न लागेको दुई तिहाईको सरकारले सुशासन, समृद्धि, विकास र परिर्वतन गरेरै छाड्ने दाबी गर्नुभयो । बुधबार रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षीकोत्सव तथा दशौँ पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटन गर्दैै अध्यक्ष दाहालले अहिलेको सरकार जनताको लागि स्थायीत्व,समृद्धि र समाजबादको आधार निर्माण गर्ने पहिलो सरकार बन्ने दाबी गर्नुभयो ।
देश लाई समृद्धशाली बनाउन दुई तिहाईको सरकार बनाउने कसरत भईरहेको भन्दै दुई तिहाई सांसदले समर्थन गरेको सरकारले सुसाशन, स्थायीत्व र विकासको प्रत्याभूति गर्ने बताउनुभयो । उहाँले दुई तिहाई वहुमत पु¥याउन मधेस केन्द्रित दललाई पनि सरकारमा सहभागी गराउन लागेको जानकारी दिनुभयो ।अध्यक्ष दाहालले नेपाली जनताले स्थायीत्व र विकासको चाहना खोजेको बताउँदै सुशासन, स्थायीत्व र विकासका लागि सबै राजनीतिक दल, आम जनता एवं व्यवसायी सबै बीच राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभयो ।