श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार,घटनामा संलग्न ३ जना पक्राउ

श्रीमानलाई मार्न २५ हजारको सुपारी

  मनास्लु पोष्ट  844 पटक हेरिएको

श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना वीरगन्जमा खुलासा भएको छ । श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो । होलीको पूर्वसन्ध्यामा बुधबार राति साढे ९ बजे वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य कार्यालय पछाडीको गल्लीमा ३२ वर्षीय उमेशप्रसाद चौरसिया उपर गोली प्रहार भयो। प्रहरीले अनुसन्धान गर्दै जाँदा गोली प्रहारबाट घाइते चौरसिया कि श्रमिति कै योजनामा र अन्य ३ जनाको संलग्नतामा घटना भएको खुलेको हो ।
यो यिनकै मार्मिक घटनाको हो, अलिक आश्चर्यजनक लाग्न सक्ने,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने ‘अनुसन्धानमा सफलताको हिसाबले हाम्रो लागि भने यो एउटा सफल मुद्दा हो, ६ घण्टाभित्र यसमा संलग्न सबै जनालाई पक्राउ र प्रयोग भएको हतियार अनि गोलीको खोका समेत बरामद गर्न सकेका छौं ।
पर्साको विन्दवासनी गाउँपालिका झौवागुठी घर भई वीरगन्ज महानगपालिका–१० रानीघाट बस्दै आएका चौरासियाको ३ बर्ष अगाडी प्रियांकासंग धुमधामसाँथ बिवाह भएको थियो । विवाहभन्दा ७ बर्ष अगाडिदेखी रोजगारको सिलसिलामा उनी दुबई बस्दै आएका थिए। यता विवाहको केही समयपिछ उनी फेरी आफ्नो रोजगारीतिर लागे। श्रीमतिलाई प्राविधिक शिक्षा दिने भनेर एएनएम पढाउन लागेका थिए । चौरसिया विदेश हुँदा श्रीमतिको सम्बन्ध वीरगन्जको ओपोलो ट्रामा सेन्टरमा काम गर्ने बिकेन्द्रकुमार गुप्तासंग गाँसियो। हाल चौरसिया फर्केर वीरगन्ज आउँदा प्रियंका र उनका प्रेमीले आफ्नो सम्बन्धमा खलल हुने ठानेर हत्याको योजना बनाएको प्रहरीको ठम्याई छ। ‘प्रियंका र प्रेमी बिकेन्द्रले आँफुहरुको सम्बन्धलाई लामो समय राखिराख्न यस्तो योजना बनाएको उनीहरुले बयानमा स्विकारिसकेका छन्प्र हरी उपरीक्षक रेग्मीले बताए ।
बिकेन्द्रले हत्याको योजना कार्यन्यवन गर्न पारवानीपुर घर भएका २७ बर्षे मनोज गुप्तालाई जिम्मा दिदै अग्रीम रु २५ हजार दिएको प्रहरी अनुसन्धानमा खुलेको छ । गुप्ताले ११ हजार रुपैयामा १२ बोरको गोली लाग्ने नलकटुवा बन्दुक किनेको स्विकारेका छन् । उनलाई बन्दुक बेंच्ने ब्यक्तिको बिवरण अहिले खुलाउन नसकिने प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘हामीले अहिले नियन्त्रणमा लिन बाकी रहेको बन्दुक बेच्ने ब्यक्ति मात्र हो, चाँडै त्यसमा पनि सफलता मिल्ने छ ।’ सुपारी लिएका मजनोजले सहयोगिको रुपमा वीरगन्ज १२ मुर्ली घर भएका मुन्ना साह कानुलाई यसमा सामेल गराएका थिए ।
चौरसिया कामको सिलसिलामा भौरहवा पुगी फर्किन लागेको सबै कुरा श्रीमलिाई थाहा थियो । उनी फोनमा सम्पर्कमा थिइन । घरतिर आउँदै गरेका चौरसियाको अवस्था जानकारी पाएपछि योजना अनुसार बिकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकलमा चढी पछ्याउदै गरेका मनोज र मुन्नाले कोखमा टसाएर गोली हान्न भ्याए । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि घाइते चौरसियालाई काठमाडौंको वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घट्नामा संलग्न सबै जनालाई बिहीवार सार्वजनिक गरेको छ।

घाइते चौरसियासंगै गएकी श्रीमति प्रियांकालाई प्रहरीले काठमाडौंबाट झिकाएर नियन्त्रणमा लिएको हो । घाइते चौरसियाको दाहिने कोखामा गोली लागेको छ । आन्तरिक रक्तस्राव देखिएपछि अवस्था जटिल भएको निष्कर्ष सहित थप उपचारका लागि पठाइएको चिकित्सकले बताए। गोली लागेको ठाउँमा एक्सरेमा छर्राहरु देखिएको छ। घटनाको ६ घण्टा निबित्दै यसमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सक्नेमा सार्वजनिक ठाउँमा जडान भएको सिसिटिभी क्यामराबाट निकै मद्दत मिलेको प्रहरीले जनाएको छ । चौरसिया पैदलै आफ्नो घरतिर जाने गल्लीमा पसेको सिसिटिभी फुटेजमा देखिएको छ। त्यसलगतै ना ३४ प १०३ नम्बरको मोटरसाइकल २ जना चढेर भित्र पसेको देखिएको छ । त्यसपछिको समयमा घटना भएको छ। प्रहरीले सबभन्दा पहिले मोटरसाइकल धनी बिकेन्द्रलाई समातेर सोधपुछ गरेपछि एक एक गरी सबै पात्रहरुको खुलासा हुँदै गयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार