आज टुँडिखेलमा एकैपटक ७५ हजार मानिसले बुद्ध उपदेश वाचन गर्दै

  मनास्लु पोष्ट  1389 पटक हेरिएको

गौतम बुद्ध नेपालमा जन्मीएको सन्देश दिन आज काठमाडौंको टुँडिखेलमा एकैपटक ७५ हजार मानिसले बुद्ध उपदेश वाचन गर्ने भएका छन् । गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न नेपालमा पहिलो पटक ७५ हजारभन्दा बढी मानिसले एकैपटक बुद्धको उपदेश वाचन गर्न लागेका हुन । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा हुने कार्यक्रमलाई विश्व कृतिमान कायम गरि गिनीज वल्र्ड रेकर्ड कायम गर्ने परिषदका अध्यक्ष दिपक बजगाईले जानकारी दिनुभयो ।

दिउँसो साढे २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गरीने छ । नागरिकलाई भने बिहान ११ बजेबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा देशका राजनीतिज्ञ, समाजसेवी, साहित्कार, कलाकार, खेलाडी, चिकित्सक सर्वसाधारणको उपस्थित रहने परिषदले जनाएको छ ।कार्यक्रममा हेलिकोप्टरबाट दृष्य खिच्ने व्यवस्था मिलाइएको छ, भने झण्डै एक हजार स्वंसेवक परिचालन गरिने आयोजकको भनाई छ । कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार