एकिकृत ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले कार्यदलको प्रतिवेदनअनुसार दुई पार्टीलाई एउटै केन्द्र बनाएर अगाडि बढ्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सांसदहरूलाई प्रशिक्षण दिने क्रममा उनले बताएका हुन्यो । सानो घटना होइन, इतिहासमा नेता, पार्टीले सही निर्णय गर्दा १०० वर्षपछि हुने काम १०० वर्ष अगाडि आउन सक्छ उनको भनाई छ ।
अरु दल र कम्युनिस्टहरूबीच धेरै कुराको फरकपन रहेकोप्रचन्डको भनाइ थियो । हामी विचार, सिद्धान्तबाट निर्देशित छौ त्यसकारण हामी सामाजिक वैज्ञानिक हौ । अन्य दल र हामी कम्युनिस्ट पार्टी बीच धेरै फरक हुन्छ प्रचण्डले भने । उनले इतिहास र परिवर्तनको प्रवाहलाई ख्याल गर्दै नयाँ यात्रामा अगाडि बढ्न सके मात्र मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन ।
निरन्तरतामा क्रमभंग गर्दै आएका र केही दिन मात्रै दुईवटा संसदीय दल रहने प्रचण्डको भनाइ थियो । नयाँ युग, ऐतिहासिक प्रकृयातिर हामीले पाइला अगाडि बढाएका छौँ। नयाँ संकल्प, प्रतिबद्धताका साथ हामी अगाडि बढ्दै छौ । निकै मिहिनेत गरेर धेरै अप्ठ्याराका बावजुद हामीले संविधानसभाबाट संविधान बनाएका हौ । उनले भने। जटिलता चिरेर संविधान कार्यान्वयन गरेर तिनै तहको निर्वाचन सम्पन्न गरेर संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभाको बैठक बस्न गइरहेको अवस्थामा कम्युनिस्ट पार्टी एकता र मुलुकलाई समृद्ध बनाउनेछौ भनी जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नु पर्नेमा प्रचण्डको जोड रहेकोथियो । हामीलाई प्राप्त भएको झण्डै २ तिहाइ बहुमतको अनुभव मुलुकलाई सुशासन, स्थायित्व र विकास गर्ने जुन संकल्प जनतासमक्ष गरेका छौ त्यसका लागि जनताले हामीलाई विश्वास गरेका हुन लामो समय नेपालमा राजा महाराजाको राज रह्यो। उनीहरूले जहिले पनि जनतालाई रैती ठाने । कर्मचारीतन्त्रले जनतालाई रैति ठान्ने, पार्टीभित्र पनि माथिल्लो तहले तल्लो तहलाई रैति ठान्ने परम्परा देखियो । तर, अब नेपालमा राजामहाराजाको राजको अन्त्य भइसकेको छ।ु फरक ध्रुवका दुई पार्टी एक भए भन्दा धेरैले नपत्याएको कुरालाई जब साझा उम्मेदवार र साझा घोषणापत्र लिएर जाँदा जनताले विश्वास र भरोसा गरेको बताए ।
नयाँ युगको आचरणअनुसार हामी समाजवादतर्फ जाने पनि उनले सुनाए । त्यसका लागि जनता सम्पन्न नभइकन समाजवाद सम्भव छैन । जबसम्म सुशासन, समृद्धि गर्न सक्दैनौँ तबसम्म समाजवाद हवाई कल्पना मात्र हो। अहिलेको फोहोर सफा गरेर मात्र विकासको कल्पना गर्न सकिन्छ। ुहामी पदका लागि होइन जनताको सेवा गर्ने सेवक हौँ भनेर प्रमाणित गर्ने बेला आएको छ जनाएका छन ।