नवनिर्वाचित राष्ट्रियसभाका सांसदहरुले आईतबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको सपथ लिएका छन । राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले पद तथा गोपनियताको सपथ खुवाइन । त्यस अघि संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसदहरुलाई स्वागत गरेका थिए ।
५९ जना राष्ट्रिय सभामा सांसदहरु रहेका छन भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नु भएका राष्ट्रिय सभामा मनोनित ३ जना सांसदहरुलाई तत्काल पद तथा गोपनियताको सपथ नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारे गरे पछि आईतबार ५६ जना सांसदहरुले मात्रै पद तथा गोपनियताको सपथ लिएकाछन । सांसदहरुको सपथग्रहण समारोह सकिए लगत्तै संघीय संसद सचिवालयले सांसदहरुको सम्मानमा जलपान कार्यक्रम समेत आयोजना गरिएको छ ।