प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री अब्बासी बीच द्विपक्षीय भेटवार्ता

  मनास्लु पोष्ट  1452 पटक हेरिएको

 

प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी बीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। भेटवार्तामा अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनीहरु बीच पारस्परिक हित र चासोका विषयमा वार्ता भइरहेको छ । टुँडिखेलमा अब्बासीलाई गार्ड अफ अनरले सम्मानित गरेपछि होटल याक एन्ड यतिमा भेटवार्ता सुरु भएको हो। वार्तापछि दुवै प्रधानमन्त्री रात्रिभोजमा सहभागी हुनेछन् । सोमबार नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरे ।

भोली बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने बताइएको छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किने भएकाछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुखमा पर्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार