संस्कृति संरक्षण गर्नको लागि २५ गते काफलडँडामा अभिमुखिकरण गोष्ठी हुदै

  मन बहादुर पुन  643 पटक हेरिएको

 

अन्नपुर्ण गाउपालिका राम्चे काफलडाँडाँ म्याग्दीमा संस्कृत मन्त्रालय र करवाकेलीबाबा संरक्षण समिति काफलडाँडाँको आयोजनामा पुन समुदायको अर्मुत संस्कृति पहिचान संरक्षण गर्नको लागि यहि २५ गते करबाकेलीबाबा सभाहल काफलडँडामा संस्कृत मन्त्रालयका सचिबको प्रमुख आतिथ्यमा अभिमुखिकरण गोष्ठी हुने भएको छ ।

अन्नपुर्ण गाउपालिका लगायत पर्वतका बाँसखर्क,कुवेपानी, बेग चिमखोलाका र्पुख्यौली मारुनी नाँचका समुहलाई निमन्त्रणा गरिएको करबाकेली बाबा संरक्षण समितिका सचिब रवि गर्वुजा पुनले मनास्लु पोष्टलाई जानकारी गराए । आगन्तुक पाहुनाको लागी करबाकेली बाबा पाहुना घरमा ब्यावस्थापन गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा ४ ओटा कार्यपत्र प्रस्तुत हुने पुनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार