एक दशक देखि नेपाली साहित्यमा क्रियासिल सष्टा “सङ्कल्प”

  मन बहादुर पुन  979 पटक हेरिएको

थवाङ गाउपालिका ४ लुचान उवा रोल्पामा जन्मिएका दिपेस घर्ती मगर ““सङ्कल्प”नेपाली साहित्यमा विगत एक दशक देखि क्रियासिल सष्टा हुन  प्रायः सबै विधामा समान रुचि रहेपनि यिनले गजल लेखनलाई आफ्नो रचना कर्मको पहिलो शर्त वनाएका छन ।
गजल जति प्रस्तुत गर्न सजिलो छ त्यति लेख्न सजिलो छैन । समाज सँग सोझै सम्वन्ध विस्तार गर्नु पर्ने र तिनले उक्त गजललाई आफ्नो बेदनाको कुनै अंश नबनाए त्यो गजलको तत्कालै मृत्यु हुने भएकोले एउता सचेत गजलकार संधै दवाबमा रहन्छ । त्यसैले उ समय, समाज, र जीवनको गति पक्रन नयाँ नयाँ जुक्ति निकाल्छ । र अन्ततः त्यहि जुक्ति नै उसको विशिष्ट पहिचान बन्दछ । “सङ्कल्प”का तिनै जुक्तिहरुले प्रस्तुत गजल संग्रह अधुरा ति सपनाहरु २०७० मा प्रकाशित भइसकेको छ ।
शव्दको शक्ति र अर्थको विस्तृति थाहा पाउने थोरै नेपाली गजलकार मध्य एक हुन – युवा गजलकार दिपेस घर्ती मगर “सङ्कल्प” !
नेपालको पश्चिम पहाड,जलजला, उवा, थवाङ, सुनछहरी, माडीखोला,रोल्पा रापती उनको गजलको आधारभुमी हो । लोक जीवन र लोक लयलाई टपक्कै टिपेर विशिष्ट भाषामा लेखिएको उनको गजल म्युजिक बैंक स्टुडियो अनाम नगरमा रेकडिङ भएरहेको छ । फाल्गुन महिना भित्र नेपाली गीत गजल पे्रमीको माझमा प्रस्तुत हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार